logo-img

बागमती प्रदेशको बजेट अन्य प्रदेशको भन्दा दोब्बर (पूर्णपाठ)

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार बढाएको छ । शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । 

उनले कूल ६४ अर्ब ५४ करोड ९४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको जानकारी गराए । जसमा पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हवजार, चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड  रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ६५ लाख रुपैयाँ, चालू आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ ।

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैयाँ​ बजेट ल्याएको थियो। आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बागमती प्रदेश सरकारले ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै दुई अर्ब बढी हो । 

आगामी आर्थिक वर्षका लागि कोशी सरकारले आर्थिक वर्ष २०८१–०८२ को लागि ३५ अर्ब २७ करोड ८५ लाखको बजेट ल्याएको छ । त्यस्तै, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । 

गण्डकी प्रदेश सरकारले ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट ल्याएको छ भने सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ९८ लाखभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।  



लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजारको बजेट विनियोजन गरेको छ । अन्य प्रदेशको तुलनामा बागमतीको बजेटको आकार दोब्बर हाराहारी छ । 



  • प्रकाशित मिति : असार १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया