logo-img

आफ्नो सम्बन्ध विच्छेद गराएको भन्दै एक प्रहरीले गरे दुई वकिलको हत्या
फाइल फाेटाे

पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन् । अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन् । 

पाकिस्तानी मिडिया रिपोर्टहरूका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन् । एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरूकै हत्या गरेका हुन् । 

हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन् । एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ । 





  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया