logo-img

प्रधानमन्त्रीको दाबी- गलत गर्दैनौँ, सहिदहरूले देखाएको बाटोमा सरकार प्रयत्नशील छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सहिदहरूले देखाएको बाटोमा हिँड्न प्रयत्नशील रहेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित सहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी सहिदहरूप्रति सम्मान व्यक्त गरे । 

प्रधानमन्त्री दाहालले गलत केही नगरेर सरकार सही बाटोमा रहेको बताएका हुन् । सहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए । 

‘सहिद रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ ।’

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताए । 





  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया