logo-img

तोलामा एक हजार ६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको छ ।  





  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया