logo-img

टी–२० विश्वकप : यी हुन् सुपर ७ टोली, को बन्ला आठौंँ ?

टी–२० विश्वकपमा हालसम्म सुपर ८ का आठ टोलीमध्ये सात वटाको टुंगो लागिसकेको छ । समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै सुपर ८ मा पुग्ने टोलीहरूको टुंगो लागेको हो।

समूह एबाट भारत र अमेरिका अर्को चरणमा प्रवेश गरेका छन् । भारत समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो भने अमेरिका उपविजेता बन्दै सुपर ८ मा स्थान बनाउन सफल भएको छ । यस समूहबाट बलियो टोली पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । 

त्यस्तै, समूह बीबाट अस्ट्रेलिया समूह विजेता बनेको छ भने इंग्ल्यान्ड उपविजेता बन्दै सुपर ८ मा प्रवेश गरेको छ । यस समूहबाट स्कटल्यान्ड, नामिबिया ओमान बाहिरिएका छन् ।

समूह सीमा अफगानिस्तान र वेस्ट इन्डिजले स्थान पक्का गरेका छन् । यी दुईमा समूह विजेताको टुंगो लागिसकेको छैन । दुई टोली मंगलबार एक–अर्कासँग आमनेसामने हुँदै छन् । यो समूहबाट न्युजिल्यान्ड, युगान्डा र पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएका छन् ।

नेपालसमेत रहेको समूह डीबाट दक्षिण अफ्रिका अर्को चरणमा पुग्ने पक्का भएको छ । उपविजेताका रूपमा सुपर ८ मा पुग्नका लागि बंगलादेशसँगै नेदरल्यान्ड्सको पनि सम्भावना बाँकी छ । 

सोमबार हुने नेपाल र बंगलादेश तथा श्रीलंका र नेदरल्यान्ड्सबीचको खेलले उपविजेताको टुंगो लाग्नेछ । यो समूहबाट नेपाल र श्रीलंका भने बाहिरिइसकेका छन् ।



सुपर ८ चरणका खेलहरू असार ५ गतेदेखि सुरु हुनेछ । यस चरणको पहिलो खेलमा अमेरिकाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।



  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया