logo-img

आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । 

कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया