logo-img

नेपालको छैटौँ विकेट पतन, कुशल मल्ल २७ रनमा आउट
फाइल तस्बिर

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले छैटौँ विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो ।

उनी १६.४ ओभरमा मुस्तफिजुर रहमानको बलमा क्याच आउट भए । कुशलले आज ४० बलमा एक चौका र एक छक्कासहित २७ रनको पारी खेले । उनले दीपेन्द्र सिंह ऐरीसँग ५८ बलमा ५२ रनको साझेदारी गरे ।  

नेपालले पाँचौं विकेटको रूपमा सन्दीप जोरालाई गुमायो । उनी सातौं ओभरको अन्तिम बलमा एक रनमा क्याच आउट भए । उनी तन्जिम हसन साकिबको बलमा आउट भएका हुन् ।

नेपालले चौथो विकेटको रूपमा लयमा देखिएका ओपनर आसिफ शेखलाई गुमायो । उनी ५.४ ओभरमा मुस्तफिजुर रहमानको बलमा १७ रनमा क्याच आउट भए । नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो ।  

उनी ४.२ ओभरमा एक ओभरमा क्याच आउट भए । नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो । सो ओभरको पहिलो बलमा कुशल भुर्तेल चार रनमा बोल्ड भए । यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए । उनीहरू तीनै ब्याटरलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन् । 

त्यसअघि सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भयो । उसका लागि शाकिवअल हसनले १७, महुमुदुल्लाह र राशिद हुसेनले १३–१३, जकिर अलीले १२ र लिटन दासले १० रन जोडे । 



नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपाललाई दुई विकेट रनआउटको रूपमा प्राप्त भयो । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै सुपर–८ दौडबाट बाहिरिसकेको छ ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहितकुमार पौडेल (कप्तान), गुलशन झा, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा र सन्दीप लामिछाने । 



  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया