logo-img

विश्वकपमा श्रीलंकाको सुखद अन्त्य, नेदरल्याण्ड्सलाई ८३ रनले हरायो

श्रीलंकाले नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपको सुखद अन्त्य गरेको छ । आज बिहान सम्पन्न अन्तिम खेलमा नेदरल्याण्ड्सलाई ८३ रनले हराउँदै श्रीलंकाले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।  

नेदरल्याण्ड्स भने फराकिलो हारका साथ प्रतियोगिताबाट बाहिरियो । श्रीलंकाले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६.४ ओभरमा १ सय १८ रनमा अलआउट भयो ।

उसका लागि माइकल लेभिट र कप्तान स्कट एडवर्ड्सले ३१/३१, म्याक्स ओदाउद र साइब्रान्ड एंगलब्रेच्टले ११/११ तथा आर्यन दत्तले अविजित १० रन जोडे । श्रीलंकाका लागि नुवान तुषाराले तीन, वानिन्दु हसरंगा र मथीशा पाथिरानाले दुई/दुई तथा महीश थिक्क्षणा र दासुन शानाकाले एक/एक विकेट लिए । 

त्यसअघि सेन्ट लुसियाको डारेन स्यामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनायो । उसका लागि कुशल मेन्डिस र चरिथा अशलंकाले ४६/४६, धनन्जय डिसिल्भाले ३४, एन्जेलो म्याथ्यूजले अविजित ३०, कामिन्दु मेन्डिसले १७ र कप्तान वानिन्दु हसरंगाले अविजित २० रन बनाए । 

नेदरल्याण्ड्सका लागि लोगानभान वीकले सर्वाधिक दुई विकेट लिए । यो हारपछि नेदरल्याण्ड्स पनि सुपर–८ दौडबाट बाहिरियो । समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बंगलादेशले सुपर–८ मा स्थान बनाए । 





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया