प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए ।
‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ । सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको छ,’ उनले भने, ‘यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु ।’
प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री दाहालले कुनै परिवर्तन नहुने बताए । उनले भने, ‘मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।