logo-img

युरोकप : युक्रेनलाई पराजित गर्दै रोमानियाको विजयी सुरुवात

युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत सोमबार भएको खेलमा रोमानियाले युक्रेनलाई पराजित गरेको छ । समूह ‘इ’मा रहेका रोमानिया र युक्रेनबीचको खेल ३–० मा सकिएको हो । 

विजयी सुरुवात गरेको रोमानियाका लागि कप्तान निकोला स्टान्सिउ, रेजभान मरिन र डेनिस ड्रगुसले समान १–१ गोल गरे। खेलको २९औं मिनेटमा स्टान्सिउको गोलमार्फत रोमानियाले अग्रता लिएको थियो। उनले डेनिस म्यानको पासमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

मरिनले ५३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। चार मिनेटपछि नै ड्रगुसले युक्रेनका लागि तेस्रो गोल गरे। ड्रगुसले पनि म्यानले उपलब्ध गराएको बललाई जालि चुमाउँदै युक्रेनमाथि ३–० को अग्रता दिलाए। त्यसपछि पनि रोमानियाले युक्रेनविरुद्ध दबाब दिएको थियो । उसको निरन्तरको दबाब गोलमा परिणत हुन सकेन । 





  • प्रकाशित मिति : असार ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया