logo-img

विश्वकपमा न्यूजिल्याण्डको सुखद अन्त्य, फर्गुसनको अविश्वसनीय बलिङ

न्यूजिल्याण्डले आइसिसी टी–२० विश्वकप क्रिकेटको सुखद अन्त्य गरेको छ । गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई सात विकेटले हराउँदै न्यूजिल्याण्डले सुखद अन्त्य गरेको हो ।

समूह ‘सी’ मा रहेको न्यूजिल्याण्ड यसपटक सुपर–८ मा भने पुग्न चुक्यो । उसले समूह चरणमा चारमध्ये दुईमा जित र दुई खेलमा हार बेहोर्‍याे । अन्तिम खेलमा पिएनजीले दिएको ७९ रनको लक्ष्य न्यूजिल्याण्डले १२.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेभन कन्वेले ३५, डायरलि मिचेलले १९ र कप्तान केन विलियम्सनले अविजित १८ रन बनाए । पिएनजीका लागि काबुआ मोरियाले दुई र सेमो कामियाले एक विकेट लिए । 

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको पिएनजी १९.४ ओभरमा ७८ रनमा अलआउट भयो । उसका लागि चार्ल्स अमिनीले १७, नोर्मन भानुआले १४ र सेसे बाउले १२ रन बनाए ।  

न्यूजिल्याण्डका लागि लकी फर्गुसनले अविश्वसनीय बलिङ गरे । उनले ४ ओभरमा कुनै रन नसदएर तीन विकेट लिए  । योसँगै फर्गुसन पुरुष टी–२० विश्वकपमा ४ ओभर नै मेडन राख्ने पहिलो बलर बनेका छन् ।



यस्तै, पिनजीविरुद्ध ट्रेन्ट बोल्ट, टिम साउथी र इश सोढीले दुई/दुई र मिचेल सान्टनरले एक विकेट लिए । समूह ‘सी’ न्यूजिल्याण्डले चार खेलमा चार अंक जोड्यो । ऊ अंक तालिकाको तेस्रो स्थानमा रह्यो । पिएनजी भने चारवटै खेलमा हार बेहोर्दै अंकविहीन बन्यो । 



  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया