logo-img

आजको मौसम : बागमतीसहित चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
फाइल तस्बिर

नेपालमा हाल पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । यस्तै, बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सोही प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । यस्तै, कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही  स्थानमा चट्याङसहित पानी परिरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका केही तथा मधेस प्रदेशलगायत बाँकी भू-भागका एक/दुई स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक/दुई स्थानमा भने चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया