logo-img

वेस्ट इण्डिजले दियो अफगानिस्तानलाई २१९ रनको लक्ष्य, पूरनले खेले ९८ रनको विस्फोटक इनिङ

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आयोजक वेस्ट इण्डिजले अफगानिस्तानलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियास्थित डारेन स्यामी अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि विकेटकिपर निकोलस पूरनले विस्फोटक इनिङ खेले । ५३ बलको सामना गरेका उनले ८ छक्का र ६ चौकासहित ९८ रनको इनिङ खेलेका हुन् । उनी आज रनआउट भए । टी–२० आईमा पूरनको यो करियरकै उच्च स्कोर हो । यसअघि यो फर्म्याटमा उनको उच्च स्कोर ८२ रन थियो । 

यस्तै, अफगानिस्तानविरुद्ध जोनसन चार्ल्सले ४३, कप्तान रोभम्यान पावेलले २६, साई होपले २५ र ब्रेण्डन किंगले सात रन जोडे । आन्द्रे रसेल तीन र शेर्फेन रदरफोर्ड एक रनमा अविजित रहे । 



अफगानिस्तानका लागि गुलबन्दिन नाइबले दुई, अजमातुल्लाह उमरजाई र नवीन उलहकले एक/एक विकेट लिए । आजको खेलमा टिमका स्टार बलर राशिद खान र फजलहक फारुकी महँगा साबित भए ।

राशिदले चार ओभरमा बिनाविकेट ४५ रन दिए । उनले आफ्नो स्पेलको अन्तिम ओभरमा २४ रन खर्चिएका थिए । 



यस्तै, जारी विश्वकपमा राम्रो लयमा रहेका फारुकीले आज तीन ओभरमा बिनाविकेट ३८ रन दिए । अजमातुल्लाह उमरजाईले एक विकेट लिए पनि उनले २ ओभरमा ४१ रन खर्चिए ।

उनको दोस्रो ओभरमा क्यारेबियन ब्याटरले ३६ रन बनाएका थिए । जारी विश्वकपमा वेस्ट इण्डिज र अफगानिस्तानले सुपर–८ को यात्रा गरिसकेका छन् । यी दुवै टिमले समान तीन खेल खेल्दा तीन वटैमा जित निकालेका छन् ।  

  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया