logo-img

सेयर बजार १८.७६ अंकले घट्यो, ४ अर्बकाे काराेबार

 सार्वजनिक बिदापछि खुलेको सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ । 

यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

मंगलबार १३ उपसमूहमा सबै घटेका छन् । वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन् । १९८ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन् । यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ । ​बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ । 

जलविद्युत उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलव्दिुत कम्पनी नै परेको छ । वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

४० कम्पनीको सेयरमूल्य बढ्दा सर्वाधिक फाइदामा समाज लघुवित्तका लगानीकता छन् । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । माण्डु हाइड्रोपावर, वीन नेपाल लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर लगायत बढेका छन् । नाै कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया