logo-img

गोरखा र धादिङका सांसदले किन घेरे प्रधानमन्त्रीलाई ?

गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर बूढीगण्डकी आयोजना निर्माण सुनिश्चित गर्न माग गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेर उनीहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितताकाे माग गरेका हुन् । 

प्रधानमन्त्रीलाई भेट्न गोरखा र धादिङबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू पुगेका थिए । प्रधानमन्त्रीसँग उनीहरूले आयोजना निर्माण अघि बढाउन माग गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न प्रतिनिधिसभा सांसदहरू बजगाईं, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्त सिंहदरबार पुगेका थिए । उनीहरूले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराए ।

उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए। प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने बताएका छन्।
 
गाेरखा १ का प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईंले भने, ‘आयोजनाको निर्माण सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासीनता देखाएको छ। बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौँ ।’

दाहाल स्वयं पनि गाेरखा २ बाट प्रतिनिधिसभा सदस्य हुन् । निर्वाचनअघि उनले बूढीगण्डकी आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । निर्वाचन जितेर प्रधानमन्त्री भएपछि उनी नेतृत्वकाे सरकारले दुईपटक बजेट ल्याइसकेकाे छ । तर, बजेटमा बूढीगण्डकी आयोजनालाई​ उपेक्षा गरेकाे भन्दै त्यहाँका स्थानीय आक्राेशित छन् ।





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया