logo-img

सर्वाधिक युरोकप खेल्ने खेलाडीमा दर्ज हुँदै रोनाल्डो

पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इतिहासमा सर्वाधिक युरोकप खेल्ने खेलाडीमा दर्ज हुने भएका छन् । आज राति चेक रिपब्लिकविरुद्ध खेल खेलेमा उनले युरोकपको‌ ६ वटा संस्करण खेल्ने पहिलो खेलाडी बन्ने कीर्तिमान बनाउनेछन् । 

३९ वर्षीय रोनाल्डो यसअघि २००४, २००८, २०१२, २०१६ र २०२१ संस्करणमा पोर्चुगलको टोलीमा थिए । रोनाल्डो सम्मिलित टोली सन् २०१६ को युरोकप फाइनलमा आयोजक फ्रान्सलाई हराएर च्याम्पियन बनेको थियो । 

हालसम्म उनले देशका लागि २ सय ८ खेलमा १ सय ३० गोलको कीर्तिमानी बनाएका छन् । रोनाल्डोले २००४ मा ग्रिससँग समूह चरणमा २–१ ले पराजित हुँदा पोर्चुगलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । 

रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा कुल १४ गोल गरेका छन् ।  जुन प्रतियोगिताको इतिहासमा कुनै पनि खेलाडीको सबैभन्दा धेरै गोलसंख्या हो ।

रोनाल्डोले अझै खेलबाट सन्न्यास लिने संकेत देखाएका छैनन् । उनको गोलसंख्या अझै थपिने सम्भावना छ ।





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया