logo-img

राष्ट्रपति पौडेल पूर्वी बर्लिनपछि स्वदेश फर्कंदै

राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी भ्रमणको क्रममा मंगलबार पूर्वी वर्लिन क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । उक्त अवलोकनपछि उनको स्वदेश फर्किने तालिका छ ।  उनले बर्लिनस्थित नेपाली राजदूतावासको निरीक्षण पनि गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले आफ्नो भ्रमणको क्रममा गरेको मिहिनेतको प्रशंसा गर्दै राजदूतलगायत कर्मचारीले नेपालमा जर्मन लगानी भित्र्याउन मिहिनेत गर्नुपर्ने आावश्यकता औँल्याए । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । 

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी गएका हुन् । सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयांक वाल्टर स्टाइनमायरबीच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । 

सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । 

राष्ट्रपति पौडेल आजै स्वदेश फर्कने क्रममा बर्लिनबाट कतारको दोहा प्रस्थान गर्ने उनको स्वकीय सचिवालयले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया