logo-img

युरो कपमा पोर्चुगलको विजयी सुरुवात, रोनाल्डोले रचे इतिहास

पूर्वविजेता पोर्चुगलले १७औँ संस्करणको युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा चेक रिपब्लिकलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

समूह ‘एफ’ मा रहेको पोर्चुगलले पुनरागमन जित निकालेको हो । उसको जितमा फ्रान्सिस्को कन्सेइकाओले एक गोल गरे । पोर्चुगलले एक गोल भने उपहार पायो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले एक गोल गरे ।

उनले ६२औँ मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाए । तर, चेक रिपब्लिकको अग्रता लामो समयसम्म टिक्न सकेन ।​ ६९औँ मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरेपछि पोर्चुगल खेलमा १–१ को बराबरी अवस्थामा फर्किएको थियो । त्यसपछि अतिरिक्त समयको दोस्रो मिनेटमा फ्रान्सिस्कोले गोल गरेपछि पोर्चुगललाई २–१ को पुनरागमन जित थिए ।

खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने बनाए । उनी अब ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले लगातार छैटौँपटक युरोकप खेलिरहेका हुन् । 

यो जितपछि पोर्चुगलले तीन अंक जोडेको छ । ऊ अहिले समूह ‘डी’ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा रहेको छ । पराजित चेक रिपब्लिक तेस्रो तथा जर्जिया पुछारमा छ ।  





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया