logo-img

विश्वकप सुपर-८ चरण आजदेखि, पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका भिड्दै

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ को खेल आजदेखि सुरु हुँदै छन् ।

अमेरिका र वेस्ट इण्डिजले आयोजना गरिरहेको विश्वकपअन्तर्गत सुपर आठदेखि सेमिफाइनल र फाइनल खेल वेस्ट इण्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेल अमेरिकामा भएका थिए ।

बुधबार सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिका आमनेसामने हुनेछन् । समूह चरणमा दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेताको रूपमा रहेको थियो । अमेरिका समूह ‘ए’ को उपविजेता टिम हो । यी दुई टिमबीचको सुपर आठको खेल नेपाली समयअनुसार राति सवा ८ बजेदेखि सर भिभिएन रिचार्ड्स स्टेडियममा हुनेछ ।

दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलोपटक विश्वकप खेलेको टिम हो । यी दुई टिमले पहिलोपटक एकअर्काको सामना गर्दै छन् । सेमिफाइनल यात्राको लय कायमै राख्नका लागि दुवै टिमलाई जित आवश्यक छ ।  





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया