logo-img

विदेश भ्रमणका क्रममा राष्ट्रपतिले विश्व समुदायलाई जानकारी गराए जलवायु परिवर्तनको असर

राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमणका क्रममा नेपालमा जलवायु परिवर्तनका नकारात्मक असर र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको परराष्ट्र सचिव सेवा लम्सालले जानकारी दिएकी छन् ।   

आज राष्ट्रपति स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए पछिको पत्रकार सम्मेलनमा सचिव लम्सालले ‘ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घघाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले श्रमिकहरूको लागि नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनको असरतर्फ पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताइन् । 

उनले भनिन्, ‘जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना भएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) को उद्घघाटनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै श्रमिकहरूको सामाजिक न्याय सुनिश्चित गर्न नेपाल सरकारले लिएका प्रमुख कदमको बारेमा प्रकाश पार्दै जलवायु परिवर्तनका नकारात्मक असर र यसले सामाजिक न्याय सुनिश्चित गर्न थपिएका चुनौतीका बारेमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको थियो ।’

यसको साथै, राष्ट्रपतिले विश्वका सबै मुलुकहरूलाई स्वदेशी कामदारहरू सरह सम्मान गर्न र आफ्नो नागरिक सरह व्यवहार गर्न आह्वान पनि गरेको बताइन् । स्वीट्जरल्याण्डका भ्रमणका क्रममा राष्ट्रपति पौडेलले त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणमा निमन्त्रणा गरेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया