logo-img

कार्यकर्ता भर्ती केन्द्र बन्दै छबिसपाथिभेरा, ऐनविपरीत ३३ जना विभिन्न पदमा नियुक्त
आम्दानी लाखमा, करार कर्मचारी तलबमा करोड खर्च
फाइल तस्बिर

बझाङको छबिसपाथिभेरा गाउँपालिकाले ठूलो संख्यामा करारमा कर्मचारी नियुक्त गरेको पाइएको छ । महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार सो पालिकाले करार दरबन्दीको विभिन्न पदमा ३३ जना कर्मचारीलाई नियुक्त गरेको पाइएको हो ।

छसिबपाथिभेराले एकजना इन्जिनियर, दुईजना सव–इन्जिनियर, तीनजना सहायक पाँचौँ, दुईजना सहायक चौथो, एकजना अधिकृत (छैटौँ), तीनजना पशु सेवा (चौथो) ६ जना अहेव, सातजना अनिमी, एकजना एचए र सात जनालाई ल्याब टेक्निसियनलाई करारमा नियुक्त गरिएको पाइएको महालेखाले २०८० को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनअनुसार ती कर्मचारीका लागि पालिकाले वर्षमा कूल १ करोड ११ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ पारिश्रमिकमा खर्च गरिरहेको छ ।  

करार दरबन्दीमै करोड खर्च गरिरहेको छबिसपाथिभेराको आम्दानी भने निकै न्यून छ । पालिकाले गत आर्थिक वर्ष (२०७९/८०) मा २८ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा (८३) (८) मा स्थानीय तहले नगर प्रहरी, सवारी चालक, सयस, बगैंचे, प्लम्बरलगायत पद तथा सेवामा बाहेक करारमा कर्मचारी नियुक्त गर्न पाइँदैन । तर, पालिकाले भने ठूलो पारिश्रमिक दिएर ३३ जनालाई करार दरबन्दीमा कर्मचारी राखेको छ ।  


  





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया