logo-img

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्ब ४० करोडको कारोबार

लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ । 

यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो । 
त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । 

१३ उपसमूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह बढेका छन् । फाइनान्स उपसमूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ । १३५ कम्पनीको सेयरमूल्य बढेको छ । नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।
 
नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ । उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

१०४ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता सर्वाधिक ९.८८ प्रतिशतले नोक्सानमा रहे । ८ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन । 
 





  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया