logo-img

प्रतिनिधिसभा बैठक : सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र मन्त्री
फाइल तस्बिर

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ  । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्री दाहालले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु हुनेछ । यस्तै, आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सातवटा मन्त्रालयका मन्त्रीले दिने सम्भावित कार्यसूची पनि छ । 

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका सांसदको प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया