logo-img

कांग्रेसको विरोधपछि लुम्बिनी प्रदेशसभा अवरुद्ध

लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ । नेपाली काँग्रेसले बजेट जनतामैन्त्री र संघीयता विरोधी बजेट आएको भन्दै शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो ।

शुक्रबारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो । दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसद बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन् ।

संसदमा सम्वोधन गर्दै चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालू वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए । उनले सरकार किसानको विरोधी भएको टिप्पणी गरे ।

‘आम जनतालाई मल बिउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथमिकता हो,’उनले प्रश्न गरे । उनले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए । ‘स्थानीय जनजातिहरूले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो । के यो सरकार जनजाति विरोधी हो । यो सरकार गरिखाने वर्गहरूको लागि बनेको सरकार हैन ? यो त महिला, गरिखाने वर्ग, युवाहरूको विरोधी सरकार भयो । नाराले मात्रै हैन, पैसा र काम गरौँ अनि मात्रै नारा सफल हुन्छ,’ उनले भने । 

चौधरीले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौती गरेको र नयाँ नल्याएको बताएका थिए । उनले युवा, महिला, जेष्ठ नागरिक, मधेशी मुस्लिम, किसान, विपन्न वर्ग, मुक्तकमैया, जनजाति, वादी, गन्दर्भ, चमार, लोपोन्मुख, मुसहर, पौडे, नटुवा माझी, कुसुन्डा, कोरी समुदायलाई बजेटले नछोएको बताए । यस्तो अवस्था कसका लागि बजेट ल्याएको भन्द्र प्रश्न गरे ।

चालू आवमा धेरै योजना बन्द गरिएको छ, आयका कार्यक्रम सञ्चालन गर्न किन नदिएको हो ।  





  • प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया