logo-img

दीपेन्द्रले फेरि यूएईको आइएल टी-२० लिग खेल्ने, को-को छन् टिममा स्टार ?
फाइल तस्बिर

नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले फेरि यूएईको इन्टरनेशनल लिग (आइएल) टी–२० खेल्ने भएका छन् । उनी गल्फ जायन्टबाटै आसन्न संस्करणको आइएल टी–२० लिग खेल्ने भएका हुन् ।  

दीपेन्द्रले गत संस्करणमा पनि गल्फबाटै आइएल टी–२० लिग खेलेका थिए । उनीआबद्ध गल्फमा वेस्ट इण्डिजका शिमरोन हेटमायर, इंग्ल्याण्डका जेम्स भिन्स, क्रिस जोर्डन, नामिबियाका गेहार्ड इरासम्सलगात नाम चलेका खेलाडी छन् ।

आइएल टी–२० लिगको तेस्रो सिजन आउँदो वर्षको जनवरीदेखि सुरु हुनेछ । दीपेन्द्र केही दिनअघि मात्र स्कटल्याण्डको स्कटिस सुपर टी–१० मा अनुबन्धित भएका थिए । यस्तै, उनले क्यानडाको ग्लोबल टी–२० लिग पनि खेलिसकेका छन् ।  

दीपेन्द्रसम्मिलित गल्फले रिटेन गरेका खेलाडी :


 





  • प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया