logo-img

दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई दियो १६४ रनको लक्ष्य, डिकको उत्कृष्ट ब्याटिङ

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियास्थित डारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि क्विन्टन डिककले अर्धशतकीय पारी खेले । ३८ बलको सामना गरेका उनले चार छक्का र चार चौकासहित ६५ रनको पारी खेलेका हुन् । जारी विश्वकपमा डिकको यो लगातार दोस्रो अर्धशतकीय इनिङ हो । 

यस्तै, डेविड मिलरले २८ बलमा चार चौका र दुई छक्कासहित ४३ रन  बनाए । रीजा हेन्ड्रिक्सले १९ रन जोड्दा ट्रिस्टन स्टब्स १२ रनमा अविजित रहे । इंग्ल्याण्डका लागि जोफ्रा आर्चरले तीन, आदिल राशिद र मोइन अलीले एक/एक विकेट लिए ।  



सुपर–८ चरणको समूह ‘बी’ मा रहेका इंग्ल्याण्ड र दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छन् । दक्षिण अफ्रिकाले पहिलो खेलमा अमेरिका तथा इंग्ल्याण्डले वेस्ट इण्डिजले हराएको थियो । 



  • प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया