logo-img

अमेरिकाको भिसा नभएका कारण सन्दीप क्यानडा हुँदै नेपाल आइपुगे

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको तीन दिनपछि सन्दीप शनिबार मात्रै नेपाल आइपुगेका छन्। शनिबार उनी एअर अरेबियाको फ्लाइटबाट क्यानडा हुँदै नेपाल आइपुगेका हुन्। 

आइसिसी टी–२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका स्पिनर लामिछाने अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन्।

सन्दीपबाहेक अरू सबै खेलाडी अमेरिकाबाट सीधै नेपाल आएका थिए।सोमपाल कामी, कुशल भुर्तेल, आसिफ शेखलगायतको समूह बुधबार राति १० बजे त्रिवि विमानस्थल ओर्लिएको थियो भने कप्तान रोहित पौडेल, गुल्सन झा सहितको समूह बिहीबार बिहान १० बजे नेपाल आइपुगेको थियो। 

अमेरिकाले भिसा नदिएकै कारण सन्दीप विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा भएका खेलमा मात्र सहभागी हुन पाएका थिए। 





  • प्रकाशित मिति : असार ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया