logo-img

रविलाई नारायणकाजीको झटारो : पहिले ठूला कुरा गर्नेले आफ्नो पालोमा के गरे ?

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अर्का उपप्रधानमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन् । श्रेष्ठले गृहमन्त्री हुँदा फाइल खोले पनि कारबाही गर्न नसकेको भन्दै रविले ‘मुटु हुनेले फइल खोलेको भएको कारबाही हुने’ भन्दै कटाक्ष गरेका थिए । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको जवाफ दिएका हुन् । उनले भने, अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरू आफ्नो पालो आएपछि चाहिँ भयो ? गरौँ कि नगरौं भन्ने अनि कसरी हुन्छ ? त्यसमा पनि ध्यान जानुपर्छ।’

गृहमन्त्री हुँदा आफूले पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गर्दै श्रेष्ठले भने, ‘यो केस उठाऊँ कि नउठाऊँ, मेरो मान्छे पनि पर्लाजस्तो छ। त्योचाहिँ नगरौं भन्न थाल्यो भने देश बन्छ ? कोही न कोही त तयार हुनुपर्यो नि !’ आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने उनले बताए।

‘अहिले देशमा सुशासनको आवश्यकता छ। म गृह मन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ। पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरे पनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खर्बौंको जग्गा सरकारको बनाइयो। संलग्नलाई जेल हालिय,’ उनले भने, ‘भुटानी शरणर्थी प्रकरणमा संलग्नलाई जेल हालियो। तर, त्यसप्रकारको काम नगरीकन विकास अगाडि बढ्न सक्दैन।’

भ्रष्टाचार, अनियमिता नगर्ने, गर्नेलाई नछोड्ने मन्त्रीहरुको तलबले चिया खुवाउन पनि नपुग्ने उनले बताए।





  • प्रकाशित मिति : असार ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया