नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नलाग्ने बताएका छन् । शनिबार बिराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकार आफैँ ढल्ने दाबी गरे ।
राजनीतिलाई अपराधीकरण गर्ने कार्य भइरहेकोप्रति सचेत हुन आग्रह गर्दै उनले राजनीतिज्ञ, ब्युरोक्रेट र व्यवसायी मिलेर मुलुकको ऐन–कानुन र नियमलाई खिल्ली उडाउने काम भइरहेको बताए।
राजनीतिमा अपराधीकरण बढ्दा मुलुकको अस्तित्व नै संकटमा पर्नसक्ने उनको भनाइ छ।
राजनीतिक अस्थिरता संघीय सरकारमा मात्रै नभई सातवटै प्रदेशमा रहेकाले अहिले मुलुक अस्तव्यस्त र संकटग्रस्त अवस्थामा पुगेको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।