logo-img

प्रतिनिधिसभा बैठक बस्दै, बजेट पास गर्ने कार्यसूची
अर्थमन्त्री वर्षमान पुन, फाइल तस्बिर

संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक पास गर्ने कार्यसूची छ ।  

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ ।    

यस्तै, आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूची छ ।





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया