logo-img

युरो कपमा पोर्चुगलको लगातार दोस्रो जित, एक खेलअगावै पुग्यो अन्तिम १६ मा

पूर्वविजेता पोर्चुगल युरो कप फुटबल २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा टर्कीलाई ३–० ले हराउँदै पोर्चुगल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

उसले पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ ले हराएको थियो । पोर्चुगलको दोस्रो जितमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १–१ गोल गरे । पोर्चुगलले एक गोल आत्मघाती उपहार पायो ।

खेलको २१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । २८औं मिनेटमा टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुगेपछि पोर्चुगल २–० ले अघि बढ्यो । 

५६औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए । यो जितपछि समूह ‘एफ’ मा रहेको पोर्चुगलका दुई खेलमा ६ अंक जोडेको छ ।

पराजित टर्कीको २ खेलमा तीन अंक छ । यस्तै, समूहमा रहेका जर्जिया र चेकियाको एकरएक अंक छ ।  





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया