logo-img

सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया