logo-img

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव- भनेको नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके बालुवाटारबाट डेरा सर्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चालु आर्थिक वर्षको समानीकरण अनुदान स्थानीय तहलाई संविधान अनुसार नै दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा आज उनले समानीकरण अनुदान संघीय सरकारले दिने जिम्मेवारीको कुरा बकस दिए जसरी आएको बताए । 

समानीकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘स्रोत छैन भनेर सरकार समानीकरण अनुदानमा ७ प्रतिशत जति घटाउने भन्ने कुरा आएको छ । वडाको क्षेत्राधिकारभित्र पर्ने कुरामा बजेट हाल्न नलजाउने, अनि स्रोत छैन भनेर अनुदान कटौती गर्ने, यो अस्वीकार्य छ, असंवैधानिक छ ।’

स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्रीलाई भेटेर वित्तीय समानीकरण अनुदान माग्दा प्रधानमन्त्रीले मन भएर पनि मन्त्रीले आफ्नो कुरा नमानेको भनी दिएको अभिव्यक्तिप्रति महामन्त्री थापाले नटेर्ने मन्त्री फेर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

‘यो विषयमा स्थानीय सरकारका प्रमुखहरूले प्रधानमन्त्रीजीलाई भेट्नुभएछ । अनि प्रधानमन्त्रीले मेरो त मन छ, तर मन्त्रीहरूले मानेनन् भन्नुभएछ । प्रधानमन्त्रीलाई कति पटक भन्ने हो यो, यो संसदीय व्यवस्था हो । यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए बालुवाटारबाट डेरा सर्ने’ थापाले भने । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया