logo-img

गैरकानुनीरूपमा हज यात्रामा पठाउने संस्थामाथि प्रतिबन्ध लगाउँदै इजिप्ट

इजिप्ट सरकारले प्रशासनको स्वीकृति नलिई वा दर्ता नगरी गैरकानुनीरूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेकोमा १६ वटा ट्राभल एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

साउदी सहरमा चरम गर्मीका कारण गत हप्तामा हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टेली तीर्थयात्रीमध्ये ६०० भन्दा बढीको मृत्यु भएको जानकारी आएपछि यो कदम चालिएको हो ।

हज मृत्यु सङ्कट एकाइको शनिबार आयोजित बैठकमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मडबौलीले यस्ता एजेन्सीको इजाजतपत्र रद्द गर्न र संलग्न व्यक्ति र संस्थालाई सार्वजनिक अभियोजनबमोजिम कारबाही गर्न आदेश दिए । 

मक्काका लागि दर्ता नभएका तीर्थयात्रीका लागि अवैध र गैरकानुनी माध्यमबाट यात्रा आयोजना गर्ने एजेन्सी वा सम्बन्धित व्यक्तिको विवरण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । 

दर्ता भएका ५० हजारभन्दा बढी इजिप्टका तीर्थयात्रीमध्ये कुल ३१ जनाको ‘दीर्घकालिन रोग’ कारण मृत्यु  भएको पुष्टि भएको प्रधानमन्त्री मडबौलीले जानकारी गराए । 

बेपत्ता भएका इजिप्टेली तीर्थयात्रीहरूलाई सकेसम्म चाँडो फेला पार्न र सबै इजिप्टेली तीर्थयात्रीको घर फिर्तालाई सुनिश्चित गर्न विदेश मन्त्रालयले साउदी अधिकारीहरूसँग समन्वय जारी राख्ने विदेशमन्त्री सामेह शौकरीले उल्लेख गरे । 



इस्लाम धर्मावलम्बीको प्रमुख हज तीर्थयात्रा मक्कामा विश्वभरका मुस्लिम तीर्थयात्रीद्वारा वार्षिकरूपमा आयोजना गरिन्छ । साउदी अधिकारीका अनुसार यस वर्ष तीर्थयात्रीको संख्या १८ लाखभन्दा बढी पुगेको थियो । 



  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया