logo-img

इजरायलमा नयाँ चुनाव र  बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन

इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ । 

सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए । 

मुख्य र्याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।  

यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे । 

प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् । 

‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि र्याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ । अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ । 



युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ । 



  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया