logo-img

जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प

जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

 भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित छ, जसले यसलाई विशेष गरी भूकम्पीय गतिविधिको लागि संवेदनशील बनाएको छ ।
 
यो १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया