logo-img

सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा

पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिवल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ । 

पत्रकार श्रेष्ठले निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमाघरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो । 

८० मिनेटको वृत्तचित्रले द्वन्द्वकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ । 
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन् । माओवादीको अभियोगमा आफूलाई यातना दिइइएको र हिरासतमा बलात्कार गरेको विवरण उनले डकुमेन्ट्रीमा बताएकी छन् । 

अवसाद र सामाजिक तिरस्कारको सिकार भएकी खड्का त्यसपछि विद्रोहमा होमिइन् । उनी माओवादीबाट सांसद समेत बनिन् । 

निर्देशक श्रेष्ठले यी पात्रमार्फत सशस्त्र युद्धमा बलात्कृत भएर बाँचेकाको मर्मस्पर्शी कथा देखाउँछ । यो फिल्मले एउटा अभियान सिर्जना गर्न सहयोग गर्ने अपेक्षा निर्देशक श्रेष्ठले लिएकी छन् ।

यो डकुमेन्ट्री यसअघि क्यानडामा वर्ल्ड प्रिमियर भइसकेको छ । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया