logo-img

गृहमन्त्रीले आफैँ फस्न सक्ने डरले जिबी राईलाई पक्राउ गरेनन् : डा. महत

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफैँ फस्न सक्ने डरले जिबी राईलाई पक्राउ नगरेकाे दाबी गरेका छन् ।

आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उनले जिबी राईलाई पक्राउ गर्ने बाटोमा गृहमन्त्री नदेखिएको बताए । उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरू कुनै पनि दिगो र सत्य नभएको दाबी गरे। 

जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्ने कुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको बताए। गृहमन्त्री कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको उनले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने, तर काम नगर्ने गरेको उनले आराेप लगाए । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया