logo-img

‘मिस ग्राण्ड नेपाल २०२४’को घोषणा, कसले लिन पाउँछ भाग ?

सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल २०२४’ हुने भएको छ । यसपटकको मिस ग्राण्ड नेपाल ‘ब्रेभ, बोल्ड, ब्युटिफुल’ भन्ने नारासहित सञ्चालन हुँदै छ । 

आयोजक उमंग क्रिएसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘मिस ग्राण्ड नेपाल २०२४’को औपचारिक घोषणा गरेको हो । 

सहभागी हुन चाहनेले यही असार मसान्त (असार ३१ गते)सम्म आयोजकले निर्धारण गरेका नियम तथा सर्त अनिवार्य रुपमा पालना गर्नुपर्ने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा १८ वर्षदेखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् । आवेदकको उचाइ कम्तीमा पाँच फिट तीन इन्च हुुनुपर्ने आयोजकले जनाएको छ । 

यस वर्षको मिस ग्राण्ड नेपालको फिनाले अगामी अगष्ट २४ (भदौ ११ गते) हुने बताइएको छ । त्यसअघि साउन २३ गते पत्रकार सम्मेलनको गर्दै क्राउन अनभिलिङ गर्ने बताइएको छ । 

प्रतियोगितामा सहभागिता जनाउनका उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिनेछ । प्रतियोगिताका विजेताले मिस ग्राण्ड इनटरनेसनलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया