नेपाल प्रहरीका एक पूर्वडिएसपीलाई तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । ठगी आरोपमा पक्राउ परेका उनीसहित दुईजनालाई ती दिन थुनामा राख्न अदालतले म्याद दिएको हो ।
पूर्वडिएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र अन्य एकजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका अर्का व्यक्ति रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय झविन्द्र खत्री हुन् । उनलाई पनि तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको हो ।
६० किलो सुन तस्करीको अवैध भुक्तानी आरोपमा पक्राउ परेका मोबाइल वालेटका कर्मचारीलाई छुटाइदिन्छु भन्दै पूर्वडिएसपी शर्माले साढे ८ लाख ठगी गरेको खुलेको सिआइबीका प्रवक्ता होबिन्द्र बागेटीले बताए ।
उनले सिआइबीका अधिकारीको तस्बिर देखाउँदै सबैसँग आफ्नो राम्रो चिनजान भएको र आफूले भनेपछि काम हुने भन्दै विश्वास दिलाएर ठगी गरेका थिए ।
उक्त रकम उनले पेवेलमार्फत नै आफ्ना एजेन्ट खत्रीमार्फत भुक्तानी लिएको पाइएपछि खत्रीलाई पनि पक्राउ गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।