logo-img

पूरा गर्ला इंग्ल्यान्डले अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य ?

आइसिसी टी–२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले इंग्ल्यान्डलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनाएको हो । 

अमेरिकाका लागि नीतिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभरमा उनले मात्र १० रन खर्चिएर ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए । 

अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनै पनि रन जोड्न सकेन । 





  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया