logo-img

रुसको दागिस्तानमा आतंकवादी हमला, चर्चका पादरीसहित ९ जनाको मृत्यु

रुसको दागिस्तानमा आतंकवादी समूहले दुई चर्च, एक प्रार्थनालय र एक प्रहरी पोष्टमा गरेको आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

घटनामा एक पादरी, ६ प्रहरी र दुई सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा १२ घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । रुसको नेशनल एन्टी टेरोरिज्म कमिटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको छ । 

आक्रमणमा कसको संलग्नता छ भन्नेबारे भने स्पष्ट पारिएको छैन । 





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया