logo-img

हतियार नदिएपछि अमेरिकासँग इजरायल असन्तुष्ट

अमेरिकाले इजरायलमा हतियार पठाउन कटौती गरेपछि त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले असन्तुष्टि जनाएका छन् । आइतबार जेरुसेलममा बसेको मन्त्रिपरिषद्को बैठकपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक विज्ञप्ति जारी गर्दै चार महिनाअघिदेखि अमेरिकाबाट इजरायलमा आउने हतियारमा उल्लेख्य कमी आएको बताएका हुन् । उनले हतियार आपूर्ति बढाउनका लागि अमेरिकी अधिकारीसँग कुरा गरेको पनि उल्लेख गरेका छन् ।

मेमा, अमेरिकी बाइडेन प्रशासनले इजरायललाई हतियार कटौतीमा कमी गर्ने बताएको थियो ।इजरायलले रफाहमा प्रयोग गर्नका लागि अमेरिकासँग बम आपूर्ति गर्न माग गरेको थियो । तर, अमेरिका रफाहमा इजरायलले गरेको कारबाहीको विपक्षमा रहेकाले हतियार आपूर्ति कम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेतन्याहुको टिप्पणी इजरायलका परराष्ट्रमन्त्री योग ग्यालेन्ट शनिबार संयुक्त राज्य अमेरिका प्रस्थान गरेपछि आएको हो । योभ ग्यालेन्ट गाजा, लेबनानको अवस्था र इरानबाट आएको खतराबारे छलफल गर्न अमेरिका पुगेका छन् । नेतन्याहुले जुलाई २४ मा कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

इजरायलको मन्त्रिपरिषद् बैठकमा नेतान्याहुले मेजर जनरलको नियुक्तिको घोषणा पनि गरेका थिए । उनले दक्षिणमा र लेबनानी सीमा नजिक बसोबास गर्ने नागरिकहरूलाई निर्वासन गर्न येफ्ताह रोन–ताल र भाइस एडमिरल एलिजर मारोमलाई नियुक्त गरेका हुन् ।  

गत वर्ष अक्टोबरमा हिजबुल्लाह आतंककारीहरूले यी क्षेत्रहरूमा दैनिक रकेट प्रहार गरिरहेका थिए, जसका कारण ६० हजार इजरायलीहरू विस्थापित हुनुपरेको थियो । इजरायल र हमासबीचको युद्ध गत अक्टोबर ७ देखि सुरु भएको हो । 





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया