logo-img

आज नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य आइतबारको भन्दा ५ रुपैयाँले बढेको हो । मूल्य बढेसँगै चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ ।  





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया