logo-img

तेस्रो कार्यकालका लागि योजना सार्वजनिक गर्दै प्रधानमन्त्री मोदी
फाइल तस्बिर

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसदको पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्ने भएका छन् । 

एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी (भाजपा) सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ । भाजपाले एकल सरकार बनाएका समय घोषणा गरेका कतिपय कार्यक्रम यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ यसमा सबैको चासो रहेको छ । 

३ जुलाईसम्म चल्ने पहिलो सत्रमा मोदीको तेस्रो कार्यकालको योजना र सन् २०१४ देखि रिक्त रहेको विपक्षी दलको नेताको रूपमा राहुल गान्धीको सम्भावित औपचारिक नियुक्तिको पूर्वावलोकन हुनेछ ।

विश्लेषकहरूले ७३ वर्षीय मोदीले आफ्ना हिन्दू राष्ट्रवादी एजेन्डालाई संयमित गर्दै आफ्ना गठबन्धन साझेदारलाई आश्वस्त पार्ने, पूर्वाधार, सामाजिक कल्याण र आर्थिक सुधारमा बढी ध्यान केन्द्रित गर्ने अपेक्षा गरेका छन् ।

संसदीय मामिलामन्त्री किरेन रिजिजुले सोमबार अधिवेशन ‘शान्तिपूर्ण र उपलब्धिमूलक’ हुने बताए पनि भारतीय सञ्चारमाध्यमले भने अझ बलियो प्रतिपक्षसँग जीवन्त बहस हुने अपेक्षा गरेको बताएका छन् ।

पहिलो दुई दिन नवनिर्वाचित सांसदले सपथ लिएसँगै संसद्को अधिवेशन सुरु हुनेछ । प्रधानमन्त्रीको रूपमा मोदीको दशकले उहाँलाई देशको बहुसङ्ख्यक हिन्दू धर्मको कट्टर समर्थकको रूपमा छवि विकास गरेको छ । यसले देशभित्रको मुस्लिम समुदायसहित अल्पसङ्ख्यकहरूलाई चिन्तित बनाएको छ ।



भाजपाले यस वर्षको चुनावमा २४० सिट जितेको छ र यो तल्लो सदनमा बहुमतका लागि चाहिने सङ्ख्याभन्दा ३२ सिट कम हो । यसले भाजपालाई शासन गर्न साना पार्टीहरूको समूहमा निर्भर बनाएको छ ।

मोदीले यो सरकारमा पनि प्रमुख पदहरू यथावत् राख्नुभएको छ र क्याबिनेटमा भाजपाको प्रभुत्व कायमै छ । प्रधानमन्त्री मोदीका विश्वासपात्र राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, निर्मला सीतारमण र एस जयशंकर क्रमशः रक्षा, आन्तरिक, यातायात, वित्त र विदेशमन्त्री बनेका छन् ।  



  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया