logo-img

चुप नबस्ने चेतावनी दिँदै पराजुलीले बालेनलाई भने- कमजोरी सुधार्न मान्नुहुन्न भने रामराम भन्छौँ काँध थाप्दैनौँ

काठमाडौं महानगरपालिकाका नगर सभा सदस्य नवराज पराजुलीले नगरप्रमुख बालेन शाहले एकलौटी निर्णय गरेर अघि बढ्न खोजे आफूहरू चुप नबस्ने बताएका छन् ।  

सोमबार नगर बजेट सार्वजनिक कार्यक्रममा एमालेका नगर सभा सदस्य पराजुलीले भने ‘हेर्दा तपाईँ स्वतन्त्र र एक्लै भएपनि हामी सबै साथीहरूले राम्रा काममा तपाईँलाई साथ दिन्छौं । अब नराम्रो गर्न थाल्नुभयो भने मेयरसाब यो चाही कमजोरी भयो यसलाई सुधार गरौं भन्छौँ । भन्दा पनि मान्नुभएन भने रामराम भन्छौँ काँध थाप्दैनौँ ।’

उनले अघिल्ला दिनहरूमा प्रमुख शाहलाई साथ सहयोग गरेको र आगामी दिनमा पनि राम्रा काममा निरन्तर गर्ने उल्लेख गर्दै सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने कार्य गर्न नहुनेमा जोड दिए । सकेसम्म नगरका निर्णय प्रकृयामा सर्वसम्मतीमा जानुपर्ने उनको धारणा छ । 

केही दिन बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न तोकिएको समयलाई लिएर नगरप्रमुख बालेन शाहले सामाजिक सञ्जालबाट गरेको टिप्पणी गरेका थिए ।  सोमबार महानगरको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा सभा सदस्य पराजुलीले आज बजेट सार्वजनिक गर्न महानगरले तोकेको समय नगरप्रमुख शाहले एकलौटी निर्णयमा भएको बताए । 

बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने समय निर्धारण गर्न बसेको बैठकमा नीति कार्यक्रम सार्वजनिक गर्ने समय एक घण्टा पछाडि सारौं भनेर तीन दलका प्रतिनिधिले प्रस्ताव गर्दा उक्त विषयलाई नगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत ‘३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो’ भनि टिप्पणी गरेका थिए । एक साता अघि गरेको उक्त टिप्पणीलाई लिएर पराजुलीले सोमबार दुःख व्यक्त गरेका गरे । 

बजेट सार्वजनिक गर्ने समय निर्धारण गर्न पराजुलीसँगै कांग्रेसबाट नविन मानन्धर, नेकपा समाजवादीबाट ईश्वरमान डंगोल, बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सहित छ जना बैठकमा सहभागी रहेको स्मरण गर्दै उनले भने, ‘अलिकति छलफलको लागि समय अपुग भयो त्यो बेला एक घण्टा जति समय सारौंन मेयर साब भनेर हामी तीनै जनाले प्रस्ताव गरेका हौं ।  केही दिन अगाडि नीति कार्यक्रम माथिको छलफलका लागि हामी ६ जनाले बैठक बसेर छलफल गर्यौँ । मेयर साबले १० गते ११ बजे बजेट सार्वजनिक गरौं भनेर ठ्याक्कै प्रस्ताव राख्नुभयो । हामीले त्यसको विरोध गरेनौं । कहीं कतै केही पनि बोलेनौ ।’



उनले थप भने, ‘तर मेयर साबले केही समयपछि तीन जना नेताले १६० जना नेतालाई नियन्त्रणमा राख्न मिल्छ , उनीहरुको नैसर्गिक अधिकारलाई हनन् गर्न मिल्छ? भनेर जुन लेख्नुभएको छ मेयर साब यसका लागि दुःख व्यक्त गर्छु।’ 

उनले महानगरको विषयमा ६ जना नै बसेर बेला बखत छलफल गर्ने गरेको उल्लेख गर्दै शाहले भने जस्तो आफूहरूले एक घण्टा समय थप गर्न गरेको प्रस्ताव तानाशाही हो भन्दै प्रश्न गरे । 
‘महानगरपालिकामा अप्ठेरो पर्दा हामी सहजीकरण गर्नको लागि छलफलमा बस्ने गर्थ्यौं नि । के त्यो हामीले तानाशाही व्यवहार गरेको हो र? हो भने हामीले दुई वर्षसम्म गरेको यसलाई तानाशाही भन्दिनु पर्यो, होइन भने अस्ति हामीले त्यति अनुरोध गर्दा कसरी हामी तानाशाह भयौँ ?’  पराजुलीले बालेनलाई प्रश्न गरे । 



उनले पञ्चायत र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको उल्लेख गर्दै आफूहरू तानाशाही नभएको स्पष्ट पारे ।

  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया