logo-img

मौद्रिक नीतिको सीमाभन्दा बाहिर गएर काम गर्न सकिँदैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले मौद्रिक नीतिको सीमाभन्दा बाहिर गएर काम गर्न नसक्ने बताएका छन् । आज पूर्वमौद्रिक नीतिको छलफलमा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको आफ्नै सीमा रहेको बताउँदै उल्लेखित सीमाभित्र रहेर काम गर्नुपर्ने बताएका हुन् ।

‘मौद्रिक नीतिको आफ्नै सीमा छन्, यसले धेरै हात फैलाउन र हाँगा फैलाउन सक्दैन । त्यो सीमाभित्र बसेर हामीले काम गर्ने हो । यो कुरालाई सबैले बुझ्नुपर्छ । हामी नीति निर्माण गर्नेहरूको भूमिका सकेसम्म कसैलाई ऋणमा डुबाउने होइन, उसले धान्न सक्नेसम्म ऋण दिने र त्यो खालको बाटो वातावरण बनाउने हो,’ उनले भने ।

बैंकमा ऋण लिँदा कमिसन लिएको आरोप केन्द्रीय बैंकका लागि गम्भीर आक्षेप भएको भन्दै प्रमाणबिना बोल्न पाए भन्दैमा जे पनि बोल्न नपाइने अधिकारीको भनाइ छ । 

‘यहाँ विरोधका लागि विरोध होइन व्यावहारिकरूपमा समस्या पर्यो भने त्यो लिएर आउनुस्, राष्ट्र बैंक खुला छ । बैंकमा ऋण लिँदा कमिसन लिइन्छ भन्ने कुरा हाम्रो लागि पटक्कै स्विकार्य छैन । हाम्रो कानमा पर्दा पनि यहाँभन्दा ठूलो बैंकिङ अपराध केही पनि हुँदैन । त्यो कुन बैंकले गरेको हो त्यसको नाम लिनलाई म अनुरोध गर्छु । बिना प्रमाण र आधारका कुरा यस्ता फोरमका गरेर केही अर्थ हुँदैन,’ गभर्नर अधिकारीले भने, ‘हामीले सयौं जनालाई कारबाही गरेका छौँ । यो हाम्रो लागि केन्द्रीय बैंकका लागि योभन्दा गम्भीर कुरा र आक्षेप बैंकको लागि केही पनि हुँदैन । त्यसको प्रमाण चाहिन्छ फोरममा बोल्न पाएभन्दैमा जे पनि बोल्न पाइन्न ।’

यस्तै, उनले ग्राहक संरक्षणसँग सम्बन्धी एउटा छुट्टै डिभिजन बनाएको भन्दै आगामी वर्षबाट ग्राहकको संरक्षणसँग सम्बन्धी सुपरिवेक्षण पनि गर्ने बताए । 





  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया