logo-img

चुच्चे नक्साको विवाद द्विपक्षीय संवादमार्फत टुंग्याउन पहल गरेको छु : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । 

दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताए । 

मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भने, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भइरहेको छ ।’

यस्तै, दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिए ।
 
‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्यौं । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुपर्यो । योपटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुंग्याउन आग्रह गरेको छु । मलाई विश्वास छ सकारात्मक ढंगले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भने । 





  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया