logo-img

कहिले यता मिल्ने, कहिले उता मिल्ने ‘जादुगर’को काम प्रचण्डलाई छाड्दिऊँ, ८४ मा बहुमत ल्याएर एकल सरकार बनाऔँ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गिराउन र बनाउन जादुगरको जस्तो भूमिका खेलेकाे आराेप लगाएका छन् । सरकार बनाउन कहिले यता कहिले उता गरेको भन्दै उनले प्रचण्डलाई ‘जादुगर’को संज्ञा दिएका हुन् । 

कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै थापाले जादुगरजस्ताे यता–उता गर्ने काम प्रचण्डलाई छोडिदिएर कांग्रेस आगामी निर्वाचनसम्म प्रतिपक्षमा बस्नुपर्ने बताए । 

उनले भने, ‘२०८४ सालमा प्रत्यक्षतर्फ कम्तीमा पनि १०० सिट र समानुपातिकमा ४० प्रतिशत मत ल्याउन सक्नेगरी गयौँ भने यही मिश्रित प्रणालीमा एकल सरकार चलाउने तागत कांग्रेसले राख्छ ।’ 

यस बीचमा कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने उल्लेख गर्दै उनले भने, 'यता मिल्ने, उता मिल्ने, उसँग मिल्ने कुरा छोडिदिऔँ । म जादुगर हो भनेको जस्तोगरी यता उफ्रिने, उता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिऔँ । यो उहाँहरूकै जिम्मा हो ।' 

सत्ताका लागि यताउता नभौँतारिई तलबाटै हार्दिकता र एकताका साथ पार्टी निर्माणमा लाग्नुपर्ने उनले बताए । यसले बलियो कांग्रेस निर्माण गर्ने उनले दाबी गरे । 





  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया