logo-img

स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन् । 

इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन् । 

बुधबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीति अनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताए । 

त्यस्तै, आगामी अक्टोवरमा कतारमा आयोजना हुने एसिया सहयोग संवादको शिखर सम्मेलनको तयारी र यस संगठनको सचिवालयको सुदृढिकरणका लागि आवश्यक महत्वपूर्ण नीतिगत दस्तावेजहरू पारित गर्ने लगायतका विषयमा छलफल बैठकमा छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘एसियाली मुलुकहरुवीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको छ । सदस्य मुलुकहरुको सार्वभौमिकता, आन्तरिक क्षमता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै क्षेत्रिय अन्तर आवद्धता अभिवृद्धि गर्ने, सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तार गर्ने लगायतका विषयहरू सो घोषणापत्रमा समेटिएको छ ।’

त्यसैगरी, मन्त्रीस्तरीय बैठकमा गाजा क्षेत्रमा उत्पन्न मानवीय संकट प्रति गहिरो चासो व्यक्त गर्दै गैरकानूनी रुपमा बन्धक बनाइएका व्यक्तिहरुको यथाशिघ्र र बिनाशर्त रिहाई गर्न, युद्धग्रस्त क्षेत्रमा मानवीय सहयोग र उद्धारलाई बढवा दिन र विवादको दिगो र शान्तिपूर्ण समाधानका लागि पहल गर्न समेत उक्त घोषणापत्रमा अपिल गरिएको समेत श्रेष्ठले जानकारी दिए । 
 





  • प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया